१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बानेश्वर युवती आत्मदाह घटना: ४ जनाविरुद्ध जाहेरी



२० मंसिर ०७९, काठमाडौं । विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेको घटनामा ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।

प्रहरीले उनलाई तत्काल उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पुष्पालाई कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो। सोमबार बिहान पुष्पाको मृत्यु भएको हो।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराही बस्ने सुधन संग्रौलाबीच परिवारकै सहमतिमा इन्गेजमेन्ट भएको थियो। यही बीचमा उनीहरुको सम्बन्धमा दरार आएपछि गत शनिबार इन्गेजमेन्ट रद्द गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

परिवारकै सहमतिमा इन्गेजमेन्ट रद्द गरिए पनि आइतबार साँझ पुष्पाले सुदनको घरमा पुगेर आत्मदाह गरेकी हुन्। न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ ।

त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ । त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।