१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजधानीमा दुई जनाको मृत्यु परिचय खुल्न बाँकी




२१ मंसिर ०७९, काठमाडौं । राजधानीमा दुई जनाको छुट्टा छुट्टै ठाँउमा मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थित पाटीमा हाल नाम, थर,वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौं महानगरपालिका १२ कालिमाटी पुल मुनी सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । उनीहरुका सम्बन्ध प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।