१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बौद्ध र तीनपिप्लेमा २ जना मृत फेला




२२ मंसिर ०७८, काठमाडौं । काठमाडौंको बौद्ध र तीनपिप्लेमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्ध डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका ३ घर भएका ४९ वर्षीय रमेश लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका ३ तिनपिप्ले किसनडोलस्थित खोल्सामा सोही नगरपालिका ६ धर्मस्थली बस्ने ९० वर्षीया डिल्ली पुतुवार बिहीबार मृत अवस्थामा लफेला परेकी छिन् ।
साथै काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका ४ अईरी गाउँ बस्ने ७९ वर्षीय खड्ग बहादुर खत्री आफ्नै घरभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : ५४ बजे