१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आजदेखि ग्वार्को फ्लाइओभरको काम सुरु,ट्राफिक व्यवस्थापनपछि जाम हुन सक्ने




२३ मंसिर ०७९,ललितपुर । आजदेखि ग्वार्कोमा ‘फ्लाइओभर’ सडकको निर्माण शुरु हुने भएको छ । ट्राफिक प्रहरीले फ्लाइओभर निर्माण सुरु भएसँगै ट्राफिक व्यवस्थापन गर्ने भएको छ । ट्राफिक व्यवस्थापनका कारण यस सडडमा लामो समय पालो कुर्नुपर्ने अवस्था आउ्दा जाम हुने आशंका छ ।
फ्लाइओभर निर्माणको काम१४ महिनामा काम सक्ने गरि आरसी, समानान्तर र रेलिग्रे कम्पनीलाई ठेक्का दिएको े सडक विभागले जनाएको छ ।
फ्याइओभर निर्माणको काम नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म (छेउतर्फको)सर्भिस लेनमा व्यवस्थापन गरिएको छ ।
निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने तथा बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक र दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट बालकुमारी पुलसम्म (बीचतर्फको)सर्भिस लेनमा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।