१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


५० खुल्ला र सार्वजनिक स्थलको एकै पटक सफाइ : १ हजार व्यक्ति सहभागी



२३ मंसिर ०७९, काठमाडौं ।  २८ औँ महानगर दिवसको अवसरमा पारेर आज काठमाडौँका ५० वटा खुल्ला र सार्वजनिक स्थलको एकै पटक सरसफाइ गरिएको छ । कार्यक्रमको शुरुवात् टेकु दोभान छेउमा रहेको चिन्तामणि पार्कबाट गरिएको थियो ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाईमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गरेका थिए ।
सफाईबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट १ सय मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिइन् । ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको महर्जनको भनाइ छ ।

वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन परिचालन गरेको थियो । जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको थियो । ४ फरक क्षेत्रमा व्रुमरको प्रयोग गरेर धुलो बटुलिएको थियो ।

स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डला, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : ३८ बजे