२४ मंसिर ०७९, काठमाडौं । शनिबार राजधानीको टुडिखेलमा हजारौं युवा युवतीहरु सोइडोल सोई भन्दै नाचे । शरिरभरि गहना र परम्परागत भेषभुसामा सझिएका उनीहरु विछट्टै राम्रा देखिन्थे ।
युवाहरु डम्फू बजाउदै नाचेका थिए युवतीहरु खिच्दै गरेको देख्न सकिन्थ्यो ।
टुडिखेलमा वरपर विभिन्न परिकार पस्कन फुड स्टल राखिएको थियो । यहाँ जातीय पहिरन, विभिन्न परम्परागत सरसामाग्री र फेसपेण्टिङको स्टलहरु पनि थिए ।
गतविहीबार मंसिर पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहे पनि राजधानीमा आएर विभिन्न पेशा व्यावसाय गरेर बसेका किराँतहरुले छुट्टीको दिन उधौली मनाएका हुन् ।
लेन्स : ललितपुर खबर
प्रतिक्रिया