१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


राजस्वका कर्मचारी हौँ भन्दै नयाँबसपार्क क्षेत्रमा रकम असुली गर्ने ८ जना पक्राउ



२५ मंसिर ०७९, काठमाडौं । काठमाडौंको नयाँबसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसलबाट रकम असुल गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी, नवलपरासी पूर्वका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामका सागर जंग लुहार र दूधकला विक, सिन्धुपाल्चोककी प्रमिसा तामाङ र नुवाकोटकी अञ्जना तामाङ रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौंको नयाँबसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ । उनीहरुले आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै रकम असुल गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका अनुसार उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोक्ने गरेका थिए । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि मंसिर गते प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको जस्तै रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ४४ बजे