४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपाललाई सहयोग गर्ने अस्ट्रेलियन बाजे ग्राएम केन्ट




२७ मंसिर ०७९,मेलबर्न । सेताम्ये जुंगा र लामो दारीयुक्त एकजना अस्ट्रेलियनलाई नेपालीले भेट्यो कि त “नमस्ते बाजे“ भन्दै अंकमाल गर्छन । उनी पनि नेपालीलाई नाती, नातिनी भन्दै अंकमाल गर्दै टाउकोमा चुमिदिन्छन । उनी पहेंलो वा गेरु बस्त्र पहिरिने जोगी त होइनन नै र पनि उनका कामका प्रकृतिका कारण सामान्य भेषमा भेटिने विशुद्ध जोगी नै हुन । निःस्वार्थ रुपमा उनीसंग भेटघाट गर्ने जो कोहीले पनि आनन्द अनुभूति गर्छन । बिगत २२ बर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा नेपालका बिभिन्न भूभागमा बिभिन्न परियोजना मार्फत सहयोग गर्दै आउने सबै नेपालीका साझा बाजे हुन ग्राएम केन्ट ।
यो समयबधिमा ग्राएमले ७२० भन्दा बढी स्वयं सेवकहरु परिचालन गरी २५८ भन्दा बढी परियोजनाका लागि २ लाख ५८ हजार डलरभन्दा बढी खर्च गरिसकेका छन । यसका लागि उनले नेपालका ६० भन्दा बढी समुदाय र नेपाल र अस्ट्रेलियाका गरी ८७ भन्दा बढी साझेदारी संस्थाहरुको सन्जाल मार्फत काम गरिराखेका छन ।
ग्राएम भावी योजना बनाउँछन र साझेदारी ब्यक्ति वा संस्था खोज्छन । “तँ आँट, म पुर्याउँछु“ भने जस्तै उन्का योजनालाई पूर्णता दिन सहयोगी हातहरु जुटिराखेका छन । ज्याक रोपर रिजर्भमा आयोजना गरिएको कार्यक्रमबाट प्राप्त रकम पोखराको गुरुङ गाउँको आमा समूहको लागि आबस्यक आधारभूत संरचना निर्माणको लागि जग निर्माण कार्यको लागि उपयोग गरिनेछ । कार्यक्रममा नेपालमा सन्चालन गरिएका बिभिन्न परियोजनाका झलक दर्शाउने गरी फोटो प्रदर्शन गरिएको थियो भने बिभिन्न ब्यक्तिले घरबाट खानाहरु तयार गरी ल्याएका थिए र कार्यक्रमको लागि श्रुति श्रेष्ठ, पुनम कुँवर र सपुनाको बिशेष योगदान गरेका थिए ।
ग्राएमलाई २०१३ मा अभियानल फ्याण्ड अफ नेपालको रुपमा सम्मान गरेको थियो । नेपाली मात्रै नभएर अस्ट्रेलियन र चिनियाको समेत उपस्थिति रहेको र लुम्बिनी कपिलवस्तु विस्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घाताने, दिदी–बहिनी समाज भिक्टोरियाका अध्यक्ष डा जमुना पराजुली आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा अभियानको तर्फबाट ग्राएमलाई अभियानका प्रभा श्रेष्ठद्धारा खादाद्धारा सम्मान र अभियानको टिशर्ट उपहार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।