२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुन मिश्रित कपडासहित विमानस्थलबाट दुई भारतीय नागरिक पक्राउ



२८ मंसिर ०७९, काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतको कलकाता र मुम्बई जान लागेका दुई भारतीय नागरिक पक्राउ परेका छन्। एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट कलकत्ता जान लागेका भारतीय नागरिक सिराज कुन्नापिल्ले र इन्डिगो एयरबाट मुम्बई जान लागेका फैसाल कोटाकुन्डिली अबु पक्राउ परेका हुन्।

सिराजले लिइ आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७४.७५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, फैसालले लिई आएको फुलबुट्टे कपडाहरु थान–५ को अन्दाजी तौल २३८० ग्राम र गलाएपछि आएको सुनको तौल ७३.८९० ग्राम भएको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।