५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ज्यानै लिने धोविघाट मलपोखरीमा पस्न थाले मान्छे



मल पोखरीबाट घाँस काटेर फर्कदै एक दम्पती । लेन्स : ललितपुर खबर

ललितपुर खबर
२ पुस ०७९, ललितपुर । २ वर्ष अघि मल पोखरीमा टिकटक बनाउन भीड बढेपछि सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रहरीले मल पोखरी जान निषेध ग¥यो । बेला बखत मल पोखरीको दलदलमा परेर मान्छे मर्ने क्रम नरोखिएपछि प्रहरीले यहाँ जान निषेध गरेको हो ।
तर पछिल्लो समय पोखरीभित्र जाने मान्छेको संख्या बढ्न थालेको छ । यहाँ पसेर घाँस काट्ने र फोटो र भिडियो बनेउने क्रम बढेको हो ।
पोखरीभित्र जान स्थानीयहरुले पोखरी छेउमा बाँस प्रयोग गर्ने गरेका हुन् । पोखरीभित्र पुगेर उनीहरु घाँस काट्ने र फर्कने गरेका छन् ।
धोविघाटका रविन्द्र शर्माले यस क्षेत्रका किसान पोखरी माथि हिड्ने गरेकाले अरु मान्छे पनि जाने बताए । उनले भने, ‘यहाँका किसानलाई पोखरीमा हिड्न प्रतिबन्ध लगाए मात्रै सबैको सुरक्षा हुन्छ ।’
महानगरिय प्रहरी परिसरका प्रवक्ता सुधिर शाहीले मल पोखरीमा प्रहरीले राखेको बोर्डको खोज्ी गर्ने बताए । उनले भने ,‘हामी अव सुरक्षा दिन्छौं ।’

दुइै बर्ष अघि बोर्ड राख्दै प्रहरी ।

बोर्ड हरायो
गएको २ बर्षअघि टिकटक बनाउनेहरुको भीड बढेपछि यहाँ प्रहरीले प्रवेशमा प्रतिबन्ध लगाउदै साइन बोर्ड राखेको थियो । बोर्ड राखेसँगै प्रहरीले माइकिङ र गस्ती समेत गर्न सुरु ग¥यो ।
प्रहरीले नियमित गस्ती गर्न छोडेसँगै यहाँ राखिएका बोर्डहरु हराएका छन् । प्रहरीको अनुपस्थितीमा मल पोखरीमा पसेर यहाँ वरपरका स्थानीयहरु गाई भैसीका लागि घाँस काट्न पस्ने गरेका छन् ।
वर्षाको मेला पोखरीमा पानी धेरै हुनाले स्थानीय किसानहरु पस्न डराउछन् । हिउँद यामममा पानी कम भएपछि उनीहरु पोखरीमाथि हिड्ने गरेका छन् ।
उनीहरु पोखरीमा कही कतै हरियो घाँस देखेको खण्डमा त्यहाँ नजाने गरेको एक किसानले नाम नबताउने शर्तमा बताए । उनका अनुसार जहाँ हरियो घाँस छ त्याँहा डुविन्छ । सुकेको ठाँउमा पानीमाथि धेरै माटो भएका कारण पोखरीमा खुट्टा छिर्दैन ।

ललितपुरको धोविघाटस्थित मलपोखरी ।

कस्तो छ मल पोखरी
मल पोखरी एउटा फोहोर पानीले भरिएको पोखरी हो । पोखरीको माथि लेउ लागेसँगै झार उम्रियो । झारहरु बढ्दै गएपछि जरा फैलदै गयो । २०३५ ३६ सालदेखि उम्रेको झार बढ्दै गएर अहिले पोखरीमाथि हिड्न मिल्ने भएको छ ।
यो पोखरी माथि वन जंगलजस्तै घाँस काट्न मिल्ने भएको छ । पोखरीमाथि हिड्दा जमिन पुरै हल्लिने गरेको छ । पानी छछल्किदा जमिन हल्लिदा व्यालेन्स नमिलेको खण्डमा लड्ने खतरा समेत हुन्छ ।
पोखरीको माथि बेला बेलामा गाई गोरु चर्नेसमेत गरेका छन् ।स्थानीयहरु यस पोखरीमा डुवेर बेला बेलामा गाई मर्ने गरेको बताउछन् ।
मल पोखरीको इतिहास
२०३५ साल ताका सरकारले राजधानीको ढल जम्मा गरेर फोहोर पानीबाट कम्पोष्ट मल बनाउने र सफा पानीलाई वागमतीमा मिसाउने उद्देश्यले स्थानीयहरुलाई मुआव्जा दिएर जग्गा अधिकरण गरेको थियो । मल पोखरीमा शहरका विभिन्न भूभागबाट ढल मार्फत फोहोर ल्याइयो तर मल प्रशोधन उद्योग बनेन । खाली जग्गामा पोखरी बनाएर राखियो । जो अहिलेसम्म पनि पोखरी नै छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : ४२ बजे