१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानगरले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थाल्यो



३ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थालेको छ । महानगरपालिकाको टोलीले आज काठमाडौंको अनामनगर क्षेत्रका निजी जग्गामा राखेका सवारीसाधन उठाएको हो ।

निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि अनामनगर क्षेत्रमा केही समय तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको विरुद्धमा यतिबेला सवारीसाधन चालकले प्रदर्शन समेत गरेका छन् । महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको सवारी चालकको आरोप छ । महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : १६ बजे