१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वीर अस्पतालका १२ कर्मचारीलाई ३० दिनभित्र हाजिर हुन आग्रह



३ मंसिर ०७९, काठमाडौं । चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीलाई ३० दिन हाजिर हुन आउन आग्रह गरेको छ ।

अस्पतालले आइतबार १२ जना कर्मचारीका नाममा सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको हो ।

अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पतालतर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन आग्रह गरेको हो ।

तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रारर ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहनुभएको छ ।

यस्तै, अनमीहरुमा छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल, पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि ३० दिन भित्र हाजिर हुन आउन सूचनामा उल्लेख गरेको छ ।

तोकिएको अवधिमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारबाही हुने चेतावनी अस्पतालले दिएको छ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ४४ बजे