२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलमा घरको ताल्चा फोरेर चोरी




४ पुस ०७९, ललितपुर । ललितपुरको इमाडोलमा घरको ताल्चा फोरेर चोरी भएको छ । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ४ इमाडोलस्थित हाम्रो कोलोनी बस्ने प्रमिला कुमारी जोशीको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद ४७ हजार रूपैयाँ समेत गरी करिब १३ लाख ७४ हजार ४ सय रूपैयाँ मूल्य बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।
घरधनी बुटवल गएको अवस्थामा मेनगेटको ताला फुटाई अपरिचित व्यक्तिहरुले धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।