४ पुस ०७९, काठमाडौं । गए राती विश्वकप फुटवल चलिरहदा काठमाडौं आसपास शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । धादिङ केन्द्रबिन्दु रहेको भूकम्पको धक्का महसुस गरिएको हो ।
गएराति १०ः५३ मा धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा, काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । ४ रेक्टरस्केल भन्दा माथिका भुकम्पलाई शक्तिशाली मानिन्छ ।
४ पुस २०७९, सोमबार
0
Shares
प्रतिक्रिया