१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा वायु प्रदूषण बढ्दो



४ पुस ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्दै गएको छ । आइतबार साँझ ४ः४५ बजेकोे अपडेटअनुसार वायु प्रदूषण मापन सूचक (एक्यूआई) ११५ पुगेको छ । शनिबार यो सूचक १५९ सम्म पुगेको थियो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थकर मानिन्छ । यस्तै, १०० भन्दा माथि एक्यूआई भएको वायुलाई विशेष समूहका लागि घातक मानिन्छ । त्यस्ता समूहमा छातीको समस्या भएका, वृद्धवृद्धा, मुटुसम्बन्धी रोग भएका तथा बालबालिका पर्दछन् ।
काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डभन्दा ५ गुणासम्म बढी हुने गरेको यसअघिको तथ्यांक छ । मंसिरबाट बढ्दै गएको प्रदूषणको मात्रा पुस र माघमा २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १ : ०४ बजे