१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टोखामा यौन दुर्व्यवहार आरोपी प्रधानाध्यापकले गरे प्रहरीसमक्ष आत्मसमर्पण



४ पुस ०७९, काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

एकजना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले उनको खोजी थालेपछि भट्टराई आफैं आइतबार प्रहरी कार्यालय पुगेको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए ।

उनका अनुसार सोमबार भट्टराईलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नका लागि म्याद माग्न अदालतमा उपस्थित गराइएको छ । विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै  प्रहरीसमक्ष किटानी जाहेरी  दिएकी थिइन् ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ७ : ३२ बजे