१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु



५ पुस ०७९, काठमाडौं । धादिङमा बस र माइक्रो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका २ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो ९हाइस० र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्।
माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
ती महिलाको सनाखत भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। शव केन्द्रमै राखिएको छ।

यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ४ : २५ बजे