९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बिजेश्वरी र लाजिम्पाटमा चोरी




६ पुस ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका १५ बिजेश्वरी धिमिल्हो बस्ने बालकृष्ण मालीको घरबाट करिब ७ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको सुन र चाँदीका विभिन्न गहना सोमबार दिउँसो चोरी भएको छ ।
कोठाको ताला फुटाई सुन र चाँदीका चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्यवम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।
यसैगरी काठमाडौं काठमाडौं महानगरपालिका २ लाजिम्पाट उत्तरढोकास्थित सिभिक बहुउद्देश्यीय सहकारी संस्थाबाट ल्यापटप १ थान र नगद ५ हजार रूपैयाँ तथा सोही घरमा रहेको एबोभ टुर्स एण्ड ट्राभलबाट ल्यापटप ४ थान र राहदानी ४ थान सोमबार दिउँसो चोरी भएको छ ।
उक्त सहकारी र ट्राभलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ११ बजे