५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन थापालाई हराउँदै कांग्रेसको संसदीय दलको नेतामा देउवा विजयी



। लेन्स : रत्न श्रेष्ठरासस

६ पुस ०७९, काठमाडौं । । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् ।आज बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरे ।

प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् । गगनले अपेक्षा गरिए जति मत पनि ल्याउन सकेनन् ।कांग्रेस संसदीय दलको नेता चुनिएपछि अब भावी सरकार गठनका लागि बाटो खुलेको छ ।देउवाले गठबन्धन सहयात्री दलका नेताहरूलाई कांग्रेस संसदीय दलको नेता नचुनिँदासम्म पर्खिन आग्रह गरेका थिए ।अब दलहरूबीच शक्ति बाँडफाँटका लागि औपचारिक भागबण्डा शुरू हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ११ : १० बजे