९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको भैसेपाटीबाट मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

६ पुस ०७९, काठमाडौं । ललितपुरको भैसेपाटी मगरगाँउबाट एक जना मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् । प्रहरकिा अनुसार ललितपुरको ललितपुर महानरगपालिका १८ मगरगाउँबाट स.१० प १३ २७ नम्बरको मोटरसाइकल २०७८ कात्तिक २५ गते हराएको भन्ने उजुरीको आधारमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.९३ प ८७८ नम्बर प्रयोग गरी चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बुढानिलकण्ठ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका घर भएका २८ वर्षीय वाङज लामालाई मोटरसाइकल चोरी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५६ बजे