३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ



७ पुस ०७९, काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित संसदहरुलाई सपथ खुवाएका हुन्।

ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएका थिए । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि २७५ सांसदले बिहीबार शपथ लिएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।