९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेरो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिनेछुः उदय शमशेर राणा



७ पुस ०७९, ललितपुर ।  ललितपुर क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाले संसदमा आफ्नो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिने बताएका छन् ।

बिहीबार सपथ ग्रहणपछि उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सांसदका रूपमा सपथ लिएको छु। मेरो क्षेत्रका नागरिकको बलियो आवाज भएर उभिनेछु। कानुन निर्माण र देशको समग्र विकासकालागि संसदमा प्रभावकारी भुमिका निर्वाह गर्दै जनता र देशप्रति इमान्दारीतापूर्वक उभिनेछु। ममाथि भरोसा गरेर बिजयी गराउनुहुने ललितपुर१ मतदातालाई हृदयदेखि धन्यवाद ।’

मंसिर ५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका उदय शमशेर राणाले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गर्दै विजयी भएका थिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : २० बजे