९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा फरार



७ पुस ०७९, काठमाडौं ।  प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार हुन् । लागु औषध नाइट्राभेटसहित पक्राउ परेका उनीमाथिको अनुसन्धान सकेर मुद्दा बुझाउने तयारी रहेको प्रहरी जनाएको छ । अदालतमा लाग्दा शौचालय पुगेका उनी फरार भएका हुन्। उनको खोजी भइरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ५ : १८ बजे