९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर सल्लाघारीका बैंजु अद्धैत मार्गमा मृत फेला



८ पुस ०७९, काठमाडौं ।  शुक्रबार महेन्द्र पुलिस क्लवको पछाडि अद्धैत मार्गमा एक वृद्ध मानिस मृत अवस्थामा फेला परेका छन् । स्थानीयका अनुसार उनी विगत केही समय सोही स्थानमा सडक पेटीमा सुत्दै आएका थिए ।
उनको घर भक्तपुर जिल्लाको सल्लाघारीमा भएको बताइएको छ । स्थानीयका अनुसार उनको नाम महेन्द्र बैंजु हो । तर आधिकारिक रुपमा उनको नाम पुष्टि हुन बाँकी रहेको प्रहरी जवान मनोज आलेले बताए ।
स्थानीयका अनुसार उनले आफूलाई भाइबुहारीले घरबाट निकालेकोले सडकपेटीमा बस्न बाध्य भएको बताउँदै आएका थिए । भक्तपुरमा घरसहित ७ रोपनी जग्गा भएको लालपुर्जको फोटोकपी पनि देखाएका थिए । उक्त जग्गा बेच्ने उनको चाहान थियो । पछिल्लो समय उनी रक्सी पिएर सडकमा ढलिरहेका हुन्थ्ये । रक्सी र चिसोले उनको ज्यान गएको हुन सक्ने स्थानीयको भनाई छ ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ३० बजे