९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण शुरु



८ पुस ०७९, काठमाडौं ।  काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण शुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ । काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरव ढकालले जानकारी दिए ।

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने उनले बताए । गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ । यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ ।  एकीकृत योजनाअनुरुप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्ने छ । एकीकृत योजना बनाउन रु नौ करोड बजेट विनियोजन गरिएको छ । एक महिनाअघिदेखि शुरु भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ४ : ४७ बजे