२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


त्रिभुवन विमानस्थलबाट १९ किलाे बढी सुन बरामद




फाइल तस्बिर

८ पुस ०७९, काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले १९ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । शुक्रबार त्रिवि विमानस्थलमा खटिएका प्रहरीले सुन बरामद गरेको हो।

फ्लाई दुबईको जहाजबाट काठमाडौंआएका सुडानका नागरिक मोहम्मद अहमेदको साथमा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ। महोमद अहमेदले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरी ल्याएको सेमी लिक्वीड सुन जस्तो देखिने पहेँलो धातु कार्यालयले प्रहरीको सहयोगमा भर्खरै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको सुन त्रिअवि भन्सार कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।