९ पुस ०७९, ललितपुर । ललितपुर ३ की सासद डा. तोसिमा कार्कीले राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्ने भएकी छन् । सामाजिक सञ्जालमार्फत सासंद डा. कार्कीले भनेकी छन्,
‘स्वघोषणा : राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु|
सुरुवात: “निशुल्क महिनावारी सामाग्री अभियान”
ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क Sanitary Pads वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ll’
प्रतिक्रिया