५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै,गठबन्धन अझै अनिणित



१० पुस ०७९, काठमाडौं ।  नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि सकिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सात दिनको समय दिएर सरकार गठनको आह्वान गरेकी थिइन्। ।नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् ।

समयभित्र नयाँ सरकार गठन हुनेमा आशंका बढेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् भने आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण प्रधानमन्त्री शेरबहादुरले प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन ।संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ।संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४१ बजे