१० पुस ०७९, काठमाडौं । काठमाडौं कालिमाटीमा शंखधर साख्वाः को मूर्ति भेटिएको छ । काठमाडौं महानगर प्रहरी टोलीले परोपकार पुलमुनि शंखधर साख्वाःको मूर्ति फेला पारेको हो ।
उक्त मूर्ति शनिबार फेला पारेपनि भेटिएको स्थानबाट आइतबार मात्र निकालिएको हो। पुलमुनि फोहोरको थुप्रोमा मूर्ति भेटिएपछि ती वृद्धले छाप्रोमा लगेर राखेका थिए ।
अहिले उक्त मूर्ति महानगरको कार्यालयमा राखिएको छ। सोमबार बिहान प्रक्रिया पु¥याएर पुरातत्व विभागलाई हस्तान्तरण गरिने जनाइएको छ ।
१० पुस २०७९, आइतबार
0
Shares
प्रतिक्रिया