११ पुस ०७९, ललितपुर । ललितपुर लगनखेलमा रहेको बटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणको काम शुरु गरिएको छ । स्कुलले कब्जा गरेको जग्गा खोसेर ल्याएपछि ललितपुर महानगरपालिकाले पुनर्निर्माण शुरु गरेको हो ।
लगनखेलको नमुना मच्छिन्द्रनाथ स्कुलले पोखरीको ११२ नम्बर कित्ताको जग्गा लामो समयदेखि अतिक्रमण गरी प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि महानगरलाई फिर्ता ल्याउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।अदालतले सप्तपाताल पोखरीको नाममा उक्त जग्गा कायम गरेपछि महानगरले संरक्षण थालेको हो । सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए । एक महिनायता पोखरीलाई पुनर्जीवन दिन पुनर्निर्माण शुरु भएको छ ।
११ पुस २०७९, सोमबार
0
Shares
प्रतिक्रिया