९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेलमा बनेन अपाङ्गमैत्री पैदलमार्ग



फाइल तस्बिर: 

११ पुस ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने योजना बनाए पनि पैदल मार्ग नबनाएको पाइएको छ ।
यहाँको सडक कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने नसकिएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले जानकारी दिएका छन् ।
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपाङ्गमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ थियो ।
यसैगरी काठमाडौँको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपाङ्गमैत्री पैदलमार्ग निर्माण गरिने छ । तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ ।
तीनवटै जिल्लामा अपाङ्गमैत्री पैदलमार्ग निर्माणका लागि रु १४ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ । ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले बताए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ५४ बजे