९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंबाट चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१३ पुस ०७९, काठमाडौं । चोरी गरेको मोटरसाइकल सहित २ जनालाई काठमाडौं बौद्धबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर झुरझुरे गाँउपालिका ४ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय करण बोम्जन र मकवानपुर बागमती गाँउपालिका–४ घर भई हाल काठमाडौं गोठाटार बस्ने २६ वर्षीय नविन लोप्चन रहेका छन् ।
काठमाडौं जोरपाटीबाट हराएको प्रदेश ३–०२–००९ प ४९ ०९ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ५३ बजे