१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


किर्तिपुर क्रिकेट मैदानमा सट्टाबाजी खेलाएको आरोपमा तीन जना पक्राउ




१४ पुस ०७९, काठमाडौं । कीर्तिपुर नगरपालिका १० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
प्र्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका ३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाईट्स र जनकपुर रोयल्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।