१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुकुमबासी बस्ती हटाउन महानगरले गृहको सहयोग माग्यो



१४ पुस ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो ।

पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ । ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।