२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


कति पाउछन् नवनिर्वाचित सासंदहरुले तलव ?




१६ पुस ०७९, काठमाडौं । संघीय संसदको अधिवेशन राष्ट्रपति विद्या भण्डारीले यही कात्तिक २५ आह्वान गरेकी छिन् । संसद अधिवेशन आह्वानसँगै मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित सासंदहरुको कार्यकाल सुरु भएको छ ।
१सय ६५ जना निर्वाचित र १ सय १० जना समानुपातिक सासंदहरुको प्रतिनिधित्व रहेको प्रतिनिधिसमाका सासंदहरुले के कति पारिश्रमिक पाउछन् भन्ने चासो छ ।


संसद सचिवालयका अनुसार सासंदहरुको तलव ६६ हजार ७० रुपैयाँ रहेको छ । उनीहरुले बैठक चलेको बेला भत्ता वापत थप एक हजार पाउछन बैठकमा आउँन र जानका लागि थप एक हजार सवारी भत्ता दिइन्छ । सञ्चार सुविधा बापत तीन हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँसहित ७२ हजार ७० रुपैयाँ पाउछन् ।
काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ भाडा वापत आवास सुविधा पाउनेछन् । उपत्यकामा घर हुने सासंदहरुलाई मर्मत खर्च वापत मासिक ९ हजार रुपैयाँ थप दिने गरिन्छ ।


सासंद निर्वाचित भएपछि एक पटकका लागि सचिवालयले फर्निचर खर्च एकमुस्ट १५ हजार रुपैयाँ दिने गरेको छ ।
सांसदहरुलाई देशभित्र भ्रमणका लागि दैनिक भत्ता २ हजार ५०० र विदेश भ्रमणका लागि प्रतिदिन २२५ डलर दिइन्छ । उपचारबापत सचिवायलले विल अनुसारको खर्च दिन्छ । परामर्सका लागि सचिवालयका डाक्टरहरुबाट लिन सकिन्छ ।
उपचारका लागि थप खर्च अवश्यक परेमा सभामुखको सिफारिसमा एक बर्षसम्मको पारिश्रमिक र आभास भत्ता सचिवालयले दिन्छ ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ३० बजे