११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरमा बिजुलीको पोलमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु



प्रतिकात्मक तस्बिर

१८ पुस ०७९, काठमाडौं ।  काठमाडौं तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सोमबार बिहान करिब पौने ३ बजे चिमल सडकखण्डमा बा९८प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।