९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको हरिसिद्दिबाट एक युवक लागू औषधसहित पक्राउ



पुस १८ । ललितपुरको हरिसिद्दिबाट एक युवक लागू औषधसहित पक्राउ परेका छन् ।
प्रहरीक अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धी बस्ने तेह्रथुम फेदाप गाउँपालिका ३ घर भएका ४४ वर्षीय नरेश बस्नेतसँग नियन्त्रित लागूऔषध नुफिन ३५ थान, फेनारगन ५५ थान, डाइजेपाम ५६ थान, नाइट्रेभेट ३ सय ट्याबलेट, नाइट्राजेपाम ३ सय ट्याबलेट, स्पास्मो ९० ट्याबलेट, ट्रामाडोल ९० ट्याबलेट, काफ डि ४० ट्याबलेट र स्पास्मो प्रोक्सिभन प्लस ४ सय ३२ ट्याबलेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धिबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : १९ बजे