२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चिडियाखानाका दुई रातो हाब्रेलाई प्रभु बैंकले १ वर्षसम्म आहारा उपलब्ध गराउने



१९ पुस ०७९, काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सहकार्य गर्ने सम्झौता भएको छ। दुई संस्थाबीच सदर चिडियाखानामा रहेका रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता भएको हो। प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले सम्झौतामा हस्ताक्षर गरेका छन्।प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत २ हाब्रेलाई आहाराको व्यवस्था मिलाउनलागेको हो।
सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्ने बैंकको विश्वास छ। साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।