९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


देविचौरमा शुक्रबारबाट सप्ताह महायज्ञ सुरु हुँदै




चापागाँउ
२० पुस । ललितपुरको देविचौमा यही शुक्रबारबाट श्रीमत भागवत महायज्ञ सप्ताह सुरु हुने भएको छ । यज्ञ मुल समाोह समितीका अध्यक्ष गिरीप्रसाद तिमल्सिनाका अनुसार प्राविधिक शिक्षा सञ्चालनको सहयोगका लागि महायज्ञ सुरु गर्न लागेको बताए । उनका अनुसार विद्यालयमा प्राविधिक तर्फ कृषि शिक्षा सञ्चालनका लागि महायज्ञ सुरु गर्न लागिएको हो । महायज्ञको वाचक बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराज रहेका छन्
उनले भने,‘विद्यालय साधुरो भयो । छात्रावास जरुरी छ । जग्गा किन्न आवश्यक छ । यी सबै व्यवस्थापनका लागि हामी सहयोग जुटाउन लागेका छौं ।’
देविचौरमा रहेको यो विद्यालय रोपनी २ आना २ पैसा जग्गामा सञ्चालित छ । विद्यालय ३ वटा भवनमा २० वटा कक्षाकोठा तथा साँघुरो खेल मैदान छ । यहाँ देविचौरको देउराली बुरुञ्चुली घुसेललगायतका स्थानबाट वालवालिकाहरु पढ्न आउछन् ।

प्राविधिक शिक्षा सञ्चालन गर्नसके यस क्षेत्रमा रोजगारी बढ्ने भएकाले दक्षिण ललितपुरका विभिन्न स्थान, टिकाभैरव, लेले र चापागाँउलगायतका ठाँउबाट विद्याार्धी पढ्न आउने अध्यक्ष तिमल्सिना बताउछन् ।
ललितपुरको लगनखेलबाट करिब १८ किलोमिटर टाढा गोदावरी नगरपालिका ७ देवीचौरमा रहेको देवी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म सञ्चालित छ । २०३४ सालमंसिर १५ गते स्थापना भएको यस विद्यालयको देवी मन्दिरको नामबाट देवीमाविको नामाकरण गरिएको पाइनछ ।
महायज्ञबाट करिव एक करोड सहयोग संकलन हुने विद्यालयले अपेक्षा गरेको छ । महायज्ञ पुस ३० गते समापन हुनेछ ।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ८ : ०१ बजे