९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर प्रशासनको सेवामा समय कार्ड



ललितपुर 
२२ पुस । जिल्ला प्रशासन कार्यालय ललितपुरले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सेवा प्रवाहमा समय कार्ड लागू गरेको छ ।
गुनासो सुन्न प्रमुख जिल्ला अधिकारी आफैँ सक्रिय बनेका छन् ।

नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागरिता बनाउनुपर्यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ ।

प्रशासनबाट प्राप्त हुने यस्ता सेवामा गुनासो भएमा प्रजिअले शुक्रवारबाहेक अरु वार दिउँसो ३ देखि ४ बजेसम्म गुनासो सुन्ने गरी आवश्यक व्यवस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधवार ७७ वटै जिल्लामा परिपत्र गरी सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

ललितपुर प्रशासनले गएको हप्तादेखि नै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवामा समय कार्ड लागू गरिसकेको छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : १४ बजे