९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सन्तानेश्वर मन्दिरमा विराट महायज्ञ सुरु हुँदै




ललितपुर खबर, चापागाँउ
२४ पुस । ललितपुरको झरुवाराशीस्थित सन्तानेश्वर मन्दिरमा विराट ज्ञान महायज्ञ सुरु हुने भएको छ । यही माघ १२ गतेदेखि २२ गतेसम्म सन्तानेश्वर मन्दिरमा महायज्ञ सुरु हुने मन्दिर व्यवस्थापन समिती अध्यक्ष विनोद खड्काले ललितपुरखबरलाई बताए ।
हरेक ११ वर्षमा सन्तानेश्वरमा महोत्सव आयोजना हुँदै आएकोमा यसै अवसरमा सो महायज्ञ अनुष्ठान आयोजना गरिएको हो ।
यो अनुष्ठान भेटि संकलनका लागि आयोजना गरिएको नभई नित्यकर्म भएको अध्यक्ष खड्का बताउछन् । भन्छन्, ‘मन्दिरमा भेटि संकलनको उद्देश्य भन्दा पनि धार्मिक महोत्सवको रुपमा हामी यो अनुष्ठान सुरु गर्दैछौं । दावविरहरुले मनग्गे सहयोग गरिहाल्छन् ।’ महायज्ञको बाचक दिपक सापकोटा रहेका छन् ।


आफूहरुको काम र व्यवस्थापन देखेर भक्तजनहरुले सहयोग गर्ने उनी बताउछन् । भन्छन्, ‘हामी भक्तजनलाई प्रभावमा पारेर भेटि संकलन गर्ने लक्ष्य राख्दैनौं । राम्रो काम गर्छौं ।’ पछिल्लो समय सन्तानेश्वर महादेवको मन्दिर उपत्यकाकै महत्वपूर्ण धामका रुपमा विकसित भइरहेको छ । चारैतिर समथर जमिनको बीचमा रहेको टापुमा सन्तानेश्वर महादेव विराजमान छन् ।
मन्दिर व्यवस्थापन समितीले मन्दिरपरिसरमा निरन्तर पुर्वाधार निर्माण गरिरहेको छ । पछिल्लो समय मन्दिरपरिसरमा एक करोड २५ लाख लागतमा भजनमण्डललगायत विभिन्न पुर्वाधार निर्माण भइरहेको अध्यक्ष खड्का बताउछन् ।
उनका अनुसार गतसाउनमा यस मन्दिरमा भक्तजनको घुइचो थियो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटि मात्रै ४५ लाख पुगेको थियो ।
पछिल्लो समय मन्दिर प्रवेशका लागि तीनतिरबाट झण्डै ३ सय मिटर लामो सिडी र प्रवेशद्वार निर्माण मन्दिरमा पुजारी,प्रहरीका लागि भवनहरु निर्माण गरिएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : २० बजे