९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठमेलको डान्सबारमा यौनकर्मी मिलाई दिने भन्दै हैरानी दिएको अभियोगमा ६ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

काठमाडौं
२५ पुस । काठमाडौंको ठमेलका डान्सबार क्लबमा छिराइदिने तथा यौनजन्य कार्यमा केटी मिलाई दिने भन्दै सर्वसाधरणलाई दुख हैरानी दिएको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका २ घर भएका ४२ वर्षीय नारायण कार्की, नुवाकोट शिवपुरी गाउँपालिका ८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोट पन्चकन्या गाउँपालिका ४ घर भएका ३१ वर्षीय दिपेश तामाङ, सिन्धुली दुधौली नगरपालिका १० घर भएका २८ वर्षीय अर्जन कटुवाल, बैतडी पुरचौडी नगरपालिका ७ घर भएका २५ वर्षीय यज्ञराज जोशी र ललितपुर गोदावरी नगरपालिका ५ शान्तिपथ बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् । काठमाडौ उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : १४ बजे