२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बैंकहरुको निक्षेपको ब्याजदर घट्यो 



काठमाडौं, २७ पुस । माघ महिनादेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । बुधबार बैंकर्स संघले १ माघदेखि नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था भित्र रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । यस्तै नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत मुद्धति निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुले अन्तर कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । जसअनुसार संस्थागत मुद्धति निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : २३ बजे