२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी बौद्धमा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

काठमाडौं, २८ पुस । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक जना पक्राउ परेका छन् । ट्राफिक प्रहरी वृत्त कमलपोखरीबाट प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको टोलिले काठमाडौंको बौद्ध दक्षिणढोकास्थित नेपाल ड्राइभिङ ट्रायल सेन्टरबाट हुम्ला घर भई हाल काठमाडौंको मण्डिखाटार बस्ने २२ वर्षीय महेश शाहीलाई पक्राउ गरेको हो ।

हुम्लाकै २४ वर्षीय पवन कुमार शाहीको नाममा दुईपाङग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा फेला पारी महेशलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।