२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शाखा अधिकृतविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं, २९ पुस । यातायात व्यवस्था कार्यालय सुकेधाराका तत्कालीन पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड छ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत छन् । शाखा अधिकृतस्तरका कर्मचारी पोखरेल २०४६ सालमा सरकारी सेवा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।