९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस सेन्टर ललितपुरको साधारणसभा सम्पन्न




ललितपुर
३० पुस । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल ललितपुरले जिल्ला समितिको साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ ।
प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दिपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा आगामी योजनाबारे पनि छलफल भएको थियो ।
प्रेस सेन्टरको शाखालाई मजबुद पार्दै पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्नेमा जोड सरोकारवालाहरुले दिएका थिए ।
संगठनका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगलले ललितपुर जिल्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिए ।
स्वागत मन्तव्य दिदै संस्थापक अध्यक्ष ज्ञान प्रसाद पौडेलले प्रेस सेन्टर नेपालका सदस्यहरु ललितपुरको कुपण्डोलदेखि गिम्दीसम्म तथा ६ वटै स्थानीय तहमा दर्बिलो उपस्थिति रहेकोमा खुसी व्यक्त गरेका थिए ।
ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले आगामी दिनमा संगठनलाई थप जिम्मेवार र पेशागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताए । उनले साधारणसभा सम्पन्न गर्न प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्नेलाई धन्यवाद दिँदै केन्द्रिय अध्यक्षको निर्देशन अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १० : ४६ बजे