९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँको पशुपतिनाथ नजिकै जलेको अवस्थामा एक पुरुषको शव फेला




काठमाडौं
१ माघ । काठमाडौँको पशुपतिनाथ नजिकै स्लेष्मान्तक जंगलमा जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । ्
प्रहरीका अनुसार पशुपतिस्थित किरातेश्वर मन्दिर नजिकै पुरै शरीर जलेको अवस्थामा पुरुषको शव भेटिएको हो ।
जलेको अवस्थामा शव भेटिएपछि अहिले त्यहाँ अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको छ । लगेको शव नजिकै बोतलमा पेट्रोल समेत भेटिएपछि घटना थप रहस्यमय बनेको छ ।
यो सबुत प्रमाण फेला परेपछि पेट्रोल छर्केर आगा लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : १४ बजे