९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर बारको निर्वाचन शनिबार




ललितपुर
२ माघ । ललितपुर बार एसोसिएनको नयाँ कार्यसमितिका लागि आउँदो शनिबार निर्वाचन हुँदैछ । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशिकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला)मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठका साथै सदस्यहरुमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् ।
त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिनुभएको छ । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यहरुमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले शनिबार हुने निर्वाचनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा ८१२ मतदाता छन् ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ५४ बजे