९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका मेयर चिरिबाबु महर्जनद्वारा हवाइ नीति परिमार्जन गर्न माग




ललितपुर
२ माघ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विद्यमान हवाईसँग सम्बन्धी नीति नियम परिमार्जन गर्न माग गरेका छन् ।
सोमबार विज्ञप्ती जारी गर्दै महानगरका मेयर महर्जनले ‘हवाईसम्बन्धी नियम कडाइका साथ पालना गर्न, परिमार्जन र पुनः मूल्यांकन गर्न माग गरेका हुन्
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन्,समेत अनुरोध गर्दछु ।’
मेयर मर्हजनले विज्ञप्तीमा भनेका छन्‘सरकारले ४५ दिनभित्र प्रतिवेदन दिने गरी गठन गरेको छानबिन समितिले निकालेको निष्कर्ष ठोस र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सजगता अपनाउन मार्ग निर्देश गर्न सक्ने होस् ।
उनले आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला पक्षहरुबीच यात्रुको सुरक्षा, सावधानी लगायतका सन्दर्भमा सहकार्य गर्नुपर्ने बताए । उनले बताएका छन् ।
आइतबार विहान पोखरामा यती एअरलाइन्सको जहाज सेती दोवानमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ३७ बजे