काठमाडौं, ३ माघ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।
संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने मन्त्री कार्कीको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. कार्कीलाई सत्ता गठबन्धनले
स्वास्थ्य राज्यमन्त्री बनाएकोह हो । डा. कार्की ललितपुर-३ मा तत्कालीन ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया